close

के हो भिमसेन थापा गाउँपालिकाकाको विवाद ?

२० सदस्यद्वारा गाउँसभा बहिस्कार

के हो भिमसेन थापा गाउँपालिकाकाको विवाद ?

२० सदस्यद्वारा गाउँसभा बहिस्कार

Trulli
ADVERTISEMENT

गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँसभामा एकलौटी निर्णय गरेको भन्दै २० जना सदस्यहरुले गाउँसभा बहिस्कार गरेका छन् ।

बजेट निर्माणका क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने ब्यवस्था बमोजिम उक्त समितिले योजना बनाउने क्रममा गाउँपालिका अध्यक्षद्धारा योजना निर्माणमा हस्तक्षेप गरेको उपाध्यक्ष अमृतादेवी भट्ट वस्तीले बताइन् ।

उपाध्यक्षलाई भूमिका बिहीन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताव गरेको, बिकास समिति, शुसासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप २० जना गाउँसभा सदस्यले लगाएका छन् ।

शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै गाउँसभा सदस्यहरुले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम स्पष्ट रुप्मा कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मति गर्नुपर्ने व्यवस्थापन हुँदाहुँदै प्रयास नै नगरेको र आफूखुसी निर्णय गरेको बताएका छन् ।

के हो विवाद ?

गाउँपालिका अध्यक्ष बञ्जाराले भने आफूमाथिको आरोप गलत भएको दाबी गरेका छन् । असार १० गते स्थगित भएको गाउँसभा बिहीबार आयोजना भएको थियो ।

‘कानुनमा के लेखेको छ, भूमिकाविहीनको विषय स्पष्ट छलफल बहस गरे भइहाल्छ, केही भएजस्तो लाग्दैन,’ गाउँपालिका अध्यक्ष बञ्जराले भने, ‘हामीले नीति बनाएका छौँ, भएको बजेट कार्यन्वयन गर्ने नत्र खोज्ने हो, विवाद गर्न हुँदैनथ्यो ।’

उपाध्यक्षले बजेटमा नयाँ गाडीको माग गरेको र उक्त प्रस्ताव असफल भएपछि नेपाली कांग्रेसका प्रतिनिधिहरुले बजेट अधिवेशन बहिष्कार गरेको अर्को पक्षको आरोप छ । 

'उहाँ (उपाध्यक्ष)ले नयाँ गाडीको माग गर्नुभएको थियो तर मैले गाडी, सेवा-सुविधाभन्दा पनि  विकास निर्माणका कामलाई प्राथमिकता दिउँ भनेँ ।', गाउँपालिका अध्यक्ष बञ्जाराले पालिकाखबरसँग भने ।

'उपाध्यक्षले गरिबसँग विश्वेश्वर कार्यक्रमको पनि माग गर्नुभएको थियो, तर त्यो राष्ट्रिय कार्यक्रम भएकाले गाउँपालिकाले उक्त कार्यक्रममा जोड नगरौं भनेँ', अध्यक्ष बञ्जाराले भने 'त्यसपछि उहाँले शहिद, बेपत्ता तथा जनयुद्धसँग सम्बन्धित कार्यक्रम पनि रोकौं भन्नुभयो ।'

विवाद भएका विषयहरुमा छलफल भइरहेको र सहमतिका साथ अघि बढ्न आफू तयार रहेको अध्यक्ष बञ्जाराले बताए ।