close

गुराँस गाउँपालिकामा आन्दोलन, दुई जनालाई गोली लाग्यो

गुराँस गाउँपालिकामा आन्दोलन, दुई जनालाई गोली लाग्यो

Trulli
ADVERTISEMENT

दैलेखको गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ । गाउँपालिकाले करार कर्मचारी हटाउने विषयमा विवाद (आन्दोलन) भएपछि प्रहरीले गोली चलाएको हो ।

दैलेखको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार 'गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद उग्र बन्दै जाँदा प्रहरीले हवाई फायर गर्नु परेको हो ।'

शुक्रबार बेलुका भएको आन्दोलनका क्रममा प्रहरीले गोली (रबर बुलेट) चलाएको हो । भवानीप्रसाद भट्टराई र बखत खत्रीलाई गोली लागेको छ ।

यसैबीच, आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीसहित आठ जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । घाईते आठ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

गाउँपालिकाले साउन १ गतेदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित बनेका हुन् । 

गोली लागेका भवानीप्रसाद भट्टराई र बखत खत्रीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।