close

छत्रेश्वरीमा औषधि अभाव

छत्रेश्वरीमा औषधि अभाव

Trulli
ADVERTISEMENT

काठमाडौं ।सल्यानको छत्रेश्वरी गाउँपालिकामा औषधिको अभाव भएको छ । 

छत्रेश्वरी गाउँपालिकामा दुई सातादेखि प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्यचौकी र ३ आधारभूत स्वास्थ्य इकाइमा औषधि अभाव भएको हो।

गाउँपालिकाले खरिद प्रक्रियामा ढिलाइ गर्दा स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खनालले पालिका खबरलाई जानकारी दिए । 

‘औषधि खरिदका लागि टेन्डर प्रक्रियामा जानुपर्ने भए पनि स्वास्थ्य शाखाले समयमै जानकारी नगराउँदा ढिलाइ भएको हो । असार मसान्त लागेकाले टेन्डर गर्न ढिलाइ भएको हो । औषधि अभावको कुरा जानकारी भइसकेको छ । अब प्रक्रिया अघि बढ्छ,’ उनले भने । 

सरकारले निःशुल्क उपलब्ध गराउने सिटामोल, जीवनजलगायत सामान्य औषधिसमेत अभाव छ । मौसम परिवर्तनका कारण गाउँमा ज्वरो, रुघाखोकी, पखालालगायत बिरामीहरू बढ्दै गए पनि औषधि नहुँदा बिरामीलाई सास्ती भोग्नुपर्ने बाध्यता छ ।