close

बारेकोटमा २ हजार गोठालो भत्ता

बारेकोटमा २ हजार गोठालो भत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट बारेकोट गाउँपालिकाले पशुपालनकर्तालाई गोठालो भत्ताबापत मासिक दुई हजार दिने भएको छ । 

गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पालिका खबरसँग भएको कुराकानीका पशुपालन प्रोत्साहनका लागि चालू वर्षको नीति तथा कार्यक्रममा गोठालोभत्ता व्यवस्था गरेको जानकारी दिए । 

‘पशुपालन क्षेत्रमा लागेको किसानहरूको आत्मबल बढाउन र व्यावसायिक पशुपालनलाई थप उचाइमा पुर्‍याउनका लागि हामीले यो वर्षदेखि गोठालो भत्ता कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । त्यसका लागि नीतिगत र बजेट व्यवस्थापन गरिसकेका छौँ । उहाँहरूलाई मासिक २ हजार दिनेगरी निर्णय गरेका छौँ ।’

त्यसका कार्यविधि बनाएरै अघि बढ्ने बताउँदै कम्तीमा ५ भन्दा बढी  भैँसी र ५० भन्दा बढी भेडाबाख्रा पालेका किसानलाई समेट्ने सोच रहेको बताउँदै उनले सोको मापदण्डबारे कार्यविधिमा समेट्ने बताए । 

गोठालो भत्ताले पशुपालन गरिरहेका किसान उत्साहित हुने र अन्यलाई पनि पशुपालनका लागि उत्साहित बनाएर पशुपालन व्यवसायतर्फ लाग्न प्रेरित गर्ने बताए । 

उनले भने, ‘जसका कारण पशुपालक कृषक उत्साहित देखिनुभएको छ ।’

बारेकोट पालिकामा मुख्यगरी भेडापालन, बाख्रापालन र भैसीपालन व्यवसाय रहेको उनले जानकारी दिए । 

बारकोटेमा अहिले एउटै घरमा मानिस र पशुपालन गर्ने शैली कायम रहेको जानकारी दिँदै उनले मानवघर र पशुघर फरक– फरक बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । 

‘यहाँ अहिले पनि माथिल्लो तलामा मानिसहरू बस्ने र तल्लो तलामा गाईबस्तु बाँध्ने चलन छ । मैले यस वर्षदेखि अलग पशुघर र अलग मानवघर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको छु । र, बजेको पनि व्यवस्था गरेको छु  । र, पाँच वर्षभित्र बारेकोटमा सबै घरमा अलग पशुघर र अलग मानवघर बनाउने निर्माण कार्य अघि बढाउने लक्ष्य लिएको छु र यो लक्ष्य पूरा गर्नेगरी अघि बढेको छु ।’

विदुरभत्ता दिने
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले एकल पुरुषलाई भत्ता दिने बताएका छन् । चालू नीति तथा कार्यक्रममा जीवनसाथी गुमाएका पुरुषका लागि विदुर भत्ताको व्यवस्था गरेको अध्यक्ष गिरीले बताए । 

‘हामीले यस वर्षदेखि जीवन साथी गुमाएका पुरुष (विदुर) हरुलाई पनि भत्ताको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरेका छौँ ।’
यस्तै, अध्यक्ष गिरीले विपन्न नगरिकहरुका लागि राहत कोषको स्थापना गरेको बताएका छन् । 

उनले  भने, ‘आपतकालीन  कोष भनेर एउटा कोष स्थापना गरेका छौँ  । त्यसका लागि १८ लाख बजेटको व्यवस्था गरेका छौँ । त्यसमा कर्मचारी र जनप्रतिनिधिहरुको सेवा सुविधाबाट थप गर्ने भनी निर्णय गरेका छौँ । यसका लागि पनि कार्यविधि बनाएर अघि बढ्छौँ । त्यसका लागि आवश्यक कार्यविधि बनाएर अघि बढ्छौँ ।’
 
त्यसैगरी, स्वास्थ्य संस्था नपुगेका ठाउँमा स्वास्थ्य इकाइ पु¥याउने, सामुदायिक स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गर्ने उनले बताए ।