close

करेन्ट लागेर जनप्रतिनिधिको मृत्यु, अन्तिम संस्कारको तयारी

करेन्ट लागेर जनप्रतिनिधिको मृत्यु, अन्तिम संस्कारको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेश विहादी गाउँपालिका १ बाछाका वडा सदस्यको करेन्ट लागेर मृत्यु भएको छ । 

पालिका अध्यक्ष परविन गुरुङका अनुसार शनिबार घरमा कपडा सुकाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । 

घटनापछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र अवस्था सामान्य भएपछि उनको अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहेको अध्यक्ष गुरुङले बताए ।
पालिका खबरसँग उनले भने, ‘कपडा सुकाउने क्रममा करेन्ट लागेको उहाँको मृत्यु भएको हो । हिजो पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको थियो । अवस्था सामान्य देखाएको छ। अहिले अन्तिम दाहसंस्कारको तयारी भइरहेको छ ।’