close

तिलोत्तमाको नगरसभा स्थगित, हुन सकेन बजेट पारित

तिलोत्तमाको नगरसभा स्थगित, हुन सकेन बजेट पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । तिलोत्तमा नगरिपालिकाको नगरसभा स्थगित भएको छ । आइतबारका लागि बोलाइएको नगरसभा गणपूरक नभएको भन्दै स्थगित गरिएपछि एमालेका प्रतिनिधिहरुले विरोध गरेका छन् ।

यसअघि शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खाण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए।

तर, नगरप्रमुख खाणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिकमा हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ।

उपप्रमुख जगेश्वरी चौधरीले सभामा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई स्थगित गरेको जानकारी दिइन् । 

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले काङ्ग्रेससँगको राजनीतिक साठगाठ गरी आफूहरुलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप  छ ।

बारम्बार स्थगित भइरहेपछि तिलोत्तमामा अहिलेसम्म बजेट पारित हुन सकेको छैन ।