close

काठमाडौं महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर

काठमाडौं महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । 

उनी महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजक समेत हुन् । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा आइतबार बसेको  छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।  

साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न महानगरसँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले ६ वटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो । 

नवीन मानन्धर

तत्कालीन समयमा ५ देशका ११ वटा नगरबाट ४ जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ । 

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो ।

बैठकका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थानले राजस्व नतिरेको जानकारी गराए ।

मनुमित्र कार्यक्रम १ बर्ष थप

बैठकले सामुदायिक कुकुर व्यवस्थापनका लागि सहकार्य गर्दै आएको मनुमित्र कार्यक्रमको म्याद १ बर्ष थप गरेको छ । कार्यक्रमको म्याद गएको असार १४ गते सकिएको थियो । महानगर क्षेत्रभित्र सडकमा डुलिरहने कुकर व्यवस्थापनका लागि मनुमित्र नाम दिएर कार्यक्रम थालिएको थियो ।

१६ मार्च २०१६ बाट ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटले महानगरसँग सहकार्य थालेका थिए । ३ बर्ष भित्र, सहरका कुकुर गणना गर्ने, खोप लगाउने तथा बन्ध्याकरण गर्ने र पशु अधिकारका लागि काम थालिएको थियो । औषधि प्राप्त गर्नेलगायत विभिन्न खालका समस्या भएपछि लक्षित अवधिमा काम सकिएको छैन ।

वैठकमा बोल्दै प्रमुख शाहले, खुल्ला सीमाका कारण सामुदायिक कुकुर निर्मुल गर्न नसकिने भएकोले व्यवस्थापनमा काम गर्नुपर्ने बताए । ‘कुनै ठाउँमा कुकुर छैनन भने अर्को ठाउँबाट आएर कुकुर बसोबास गर्न थाल्छन् । काठमाडौँलाई सामुदायिक कुकुर मुक्त बनाइयो भने छिमेकी जिल्लाबाट आउँछन् । त्यसैले उनीहरुलाई पनि सुरक्षित हुने र मानिसहरुलाई पनि असजिलो नहुने गरी व्यवस्थापनको काम गर्नु पर्छ ।’ प्रमुख शाहले भने ।