close

नेचा-सल्यान गाउँपालिकामा पाँच स्वास्थ्य संस्था बन्द

नेचा-सल्यान गाउँपालिकामा पाँच स्वास्थ्य संस्था बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं । साेलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा सञ्चालित पाँचवटा स्वास्थ्य संस्था बन्द भएका छन्।

गाउँपालिकाले यसअघि कार्यरत कर्मचारीको करार अवधि थप नगरेसँगै ती स्वास्थ्य संस्था बन्द भएका हुन्।

नेचासल्यान गाउँपालिका-३ मा सञ्चालित नेचासल्यान अस्पताल आइतबारदेखि बन्द गरिएको अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोलाले जानकारी दिए।

उक्त अस्पतालमा एकजना एमबिबिएस डाक्टरसहित २ जना अहेब, १ जना अनमी, १ जना ल्याब असिस्टेन्ट र २ जना कार्यालय सहयोगी कार्यरत थिए। ती सबै कर्मचारी करारका थिए।

प्राथमिक स्वास्थ्य केन्द्र नेचासल्यान-२ को पनि आकस्मिक र प्रसूति बाहेकको सेवा बन्द भएको छ। त्यसैगरी वडा नम्बर १, ४ र ५ मा संचालित आधारभूत स्वाथ्य सेवा केन्द्रको सेवा पनि बन्द भएको छ। जनशक्ति अभावका कारण करारमा कर्मचारी व्यवस्थापन गरि सेवा प्रदान गरिएको थियो ।