close

कर्णाली प्रदेशको त्रिवेणी पालिकाले रेडियो सञ्चालन गर्ने

कर्णाली प्रदेशको त्रिवेणी पालिकाले रेडियो सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

काठमडौं । कर्णाली प्रदेश रुकुम–पश्चिम गाउँपालिकाले निजी क्षेत्रको सहकारितामा रेडियो सञ्चालन गर्ने भएको छ । 

सोमबार पालिका खबरसँग भएको कुराकानीका क्रममा अध्यक्ष गणेशबहादुर केसीले निजी क्षेत्रसँगको सहकारितामा रेडियो सञ्चालन गर्ने भनी आव २०७९/८०को नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए । 

‘सञ्चारको क्षेत्रमा समावेशी आवज भन्ने रेडियो स्थापना गर्ने भनी नीति तथा कार्यक्रममा समेटिएको छ ।’ 

यस्तै, उनले शिक्षामा गुणस्तर बनाउने, पक्की भवन निर्माण गर्ने, शिक्षक तालिमलाई प्राथमिकता दिने, ढल सुधारका कार्यक्रम, स्वास्थ्य क्षेत्रमा वडामा रहेका स्वास्थ्य इकाइको सुधार गर्ने, रोड व्यवस्थित गर्ने,औषधिहरू सर्वसुलभ उपलब्ध गराउने, बाटोघाटोको गुणस्तर वृद्धि प्रदेशसँग समन्वय गरेर खानेपानी सर्वसुलभ रुपमा उपलब्ध गराउनेजस्ता कार्यक्रम समेटिएको उनले बताए । 

उर्वरा भूमिमा सिँचाइको व्यवस्था गर्ने, स्थानीयले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्‍याउने लागतका आधारमा अनुदानको व्यवस्था गर्ने पनि उनले जानकारी दिए । ‘त्यो भनेको किसानले दूध उत्पादन गरे त्यसलाई बजारसम्म पुर्‍याउन सहयोग गर्ने हो,’ उनले भने । 

बजार कुनै वडाबाट दुई किलोमिटरसम्म टाढा रहेको उनले बताए । सबै वडामा रोड पुगिसकेको बताउँदै उनले केही वडा कार्यालय निर्माण कार्य बाँकी रहेको उनले जानकारी दिए । 

गाउँपालिकाको पक्की भवन निर्माण कार्यलाई प्राथमिकता दिएको उनले जानकारी दिए । त्यस्तै, सहकारीहरूलाई व्यवस्थित गर्ने कुराहरू पनि रहेको उनले बताए । 

विद्युत्लाई प्राथमिकता दिँदै उनले सबै वडामा राष्ट्रिय लाइनको विद्युत् पुर्‍याउन लागि परेको उनले बताए ।