close

जनप्रतिनिधिलाई पोखरीमा फाल्ने प्रहरीलाई कारवाही गर्न माग

जनप्रतिनिधिलाई पोखरीमा फाल्ने प्रहरीलाई कारवाही गर्न माग

Trulli
ADVERTISEMENT

बुटवल । नेकपा एमालेले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेल्ने प्रहरी नायब उपरिक्षक (डिएसपी) ठगबहादुर केसीलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार बोलाइएको नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा धकेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यही बेला रुपन्देही जिल्लाका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले समेत स्थानीय जनप्रतिनिधिलाई धकेलेका थिए ।

त्यो घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको हो । सोमबार ज्ञापन पत्र लिएर जिल्लास्तरीय नेता र तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खाँणको इशारामा बजेट पारित गर्न गणपूरक संख्या नपुगेको भन्दै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको मात्र हस्ताक्षर लिने प्रपञ्च गरेको आरोप लगाइएको छ । त्यही कार्यका लागि एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिर माइन्युट लुकाएको आरोप एमालेको छ ।

नेकपा एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई पार्टी प्यालेसको एउटा हलबाट अर्को हलमा जान अवरोध गर्ने क्रममा डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई धकेलेर पोखरीमा फालेको भिडियोमा देखिन्छ ।

नगरसभामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि ४२ जनाले हस्ताक्षर गरेपछि माइन्यूट लुकाइएको र काँग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्ताक्षर गराई फर्जी हिसाबले गणपुरक नपुगेको देखाएर नगरसभा स्थगित गरिएको एमालेको आरोप छ ।

वडाध्यक्ष क्षेत्रीले डीएसपी केसीले आफूहरुमाथि अभद्र व्यवहार र अन्याय भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । तर, लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक नलबहादुर उपाध्यायले भने उक्त कार्यक्रममा धक्का-मुक्का नभएको पालिका खबरसँग दाबी गरेका छन् । 

उनले भने, 'त्यहाँ कुनै धक्का मुक्का भएको थिएन । केही जनप्रतिनिधिहरुबाट कर्मचारीलाई बाहिर निस्कन नदिने अवस्था उत्पन्न भएको थियो, कर्मचारीलाई बाहिर निकाल्ने क्रममा उहाँ (वडाध्यक्ष) आफै लड्नुभएको भन्ने जानकारी आएको छ ।'

यस्तै नगर प्रमुख रामकृष्ण खाँणले पालिका खबरसँग कुरा गर्दै आइतबार सामान्य विवाद मात्र भएको बताएका छन्। 'समितिहरु साझा हुनुपर्नेमा न्यायिक समितिमा सबै सदस्य उहाँ (उपप्रमुख) ले भनेको व्यक्ति राख्नुपर्ने कुरामा सहमति हुन नसेकेको मात्र हो,' मेयर खाँणले बताए।

 

यस्तो छ, एमालेको ज्ञापनपत्र :