close

काठमाडौँ महानगरमा थपिए तीन दमकल

काठमाडौँ महानगरमा थपिए तीन दमकल

Trulli
ADVERTISEMENT

काठमाडौंँ। काठमाडौँ महानगरपालिकाले मगाएका तीन दमकल काठमाडौँ आइपुगेका छन् । सोमबार वीरगञ्ज भन्सारबाट हिँडेका तीन वटा दमकल मंगलबार काठमाडौं आइपुगेका हुन्। 

महानगरका अनुसार ती दम्कल बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसन, रामहिटी र धर्मपथस्थित जुद्ध वारुणयन्त्र कार्यालयमा राखिने छ । 

महानगरपालिका विपद् व्यवस्थापन विभागका  प्रमुख रविनमान श्रेष्ठका अनुसार  यी दमकल दुई हजार लिटर पानी अट्ने क्षमता भएका छन्। उपत्यकामा अग्ला अग्ला भवन निर्माण हुन थालेपछि अत्याधुनिक दमकल खरिद गरिएको उनको भनाइ छ। 

सुरुमा कामपासँग आगलागी नियन्त्रण गर्न नौ वटा दमकल थिए। तीमध्ये ५ वटा चल्नै नसक्ने गरी थन्किएका छन्।  हाल ४ वटा मात्र सञ्चालनमा रहेका  छन्। अपुग भएसँगै तीन वटा थप गरिएको महानगरको भनाइ छ।