close

डिएसपीलाई कारबाही र प्रमुख प्रशासकियलाई सरुवा गर्ने सहमति

सुरु भयो तिलोत्तमाको नगरसभा

डिएसपीलाई कारबाही र प्रमुख प्रशासकियलाई सरुवा गर्ने सहमति

सुरु भयो तिलोत्तमाको नगरसभा

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाको १२ औँ नगरसभा तथा पाँचौँ बैठक सुरु भएको छ। नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरी चौधरीका बिच सोमबार साँझ भएको छलफल पछि नगरसभा अगाडी बढाउने सहमति अनुसार आज नगरसभा सुरु भएको हो ।

वडा नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा फाल्ने डिएसपी ठगबहादुर केसीलाई कारबाहीको सिफारिस गर्ने तथा विवादास्पद प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको सरुवाको सिफारिस गर्ने सहमतिपछि नगरसभा सुचारु भएको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र एमालेबाट निर्वाचित जनप्रतिनिधिका बिच व्याप्त असमझदारी कम गर्ने, न्यायिक समितिमा नेपाली काँग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरू गठन गर्ने विषय समावेश गर्ने सहमति समेत भएको छ । 

उप प्रमुख चौधरी लगायत नेकपा एमाले निकट प्रतिनिधिहरुले विषयगत समितिहरूको चयन र बजेट नगरसभामा एकै साथ लैजानु पर्ने अडानमा थिए भने नगरप्रमुख खाँण लगायत काँग्रेसबाट निर्वाचित प्रतिनिधिहरू न्यायिक समितिमा काँग्रेसको प्रतिनिधित्व सुनिश्चित नभएसम्म बजेट मात्रै पारित गर्ने अडानमा थिए । सहमति पछि अहिले उप प्रमुख जागेश्वरीदेवी चौधरीले बजेट विनियोजनमा बोल्न सुरु गरेकी छन् । 

उता यसअघि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको सट्टामा माधव पौडेलले नगरसभा सचिवको भूमिका निभाइरहेका छन् ।