close

सियारी पालिकाले दुधमा अनुदान दिने

सियारी पालिकाले दुधमा अनुदान दिने

Trulli
ADVERTISEMENT

रुपन्देही । सियारी गाउँपालिकाले किसानलाई दुधमा प्रतिलिटर २ रुपियाँ ५० पैसाको अनुदान दिने भएको छ । 

रुपन्देहीको सियारी गाउँपालिले पालिकाभित्र दुग्ध उत्पादन गर्ने किसान, डेरी सञ्चालकसँग अन्तरक्रिया गरी सो निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफू किसान भएकाले किसानका समस्याको महसुस हुने बताउँदै  किसानसँग अन्तरक्रिया गरेको बताए । 

किसानहरूले दुग्धपदार्थको उत्पादन गर्ने मात्राको पहिचान सँगै समस्या चुनौतीको विषयमा छलफल भएको थियो । गाउँपालिकाले दुध उत्पादनमा हरेक किसानलाई प्रतिलिटर २ रुपियाँ ५० पैसाको दरले अनुदान दिने घोषणा गरेको हो । 

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफू किसान भएकाले किसानका हरेक समस्याको समाधान गर्नतर्फ लागेको बताए ।