close

अपांगता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न कृषि सामग्री

अपांगता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न कृषि सामग्री

Trulli
ADVERTISEMENT

जुम्ला । अपांगता भएका व्यक्तहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कृषि सामग्री वितरण गरिएको छ । 

सामाजिक विकास कार्यालय जुम्ला सहयोग तथा अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाको समन्वयमा कृषि सामग्री वितरण गरिएको हो । 

‘अपाङ्ग पुनर्स्थापना तथा विकासकेन्द्र जुम्ला नन्दराज धितालका अनुसार आवश्यकता र क्षमताका आधारमा कृषि सामग्री वितरण गरेका छौँ,’ उनले भने, कृषि सामग्री ग्रिन हाउस, थोपा सिँचाइ, हजारी र १० प्रकारको सागपातको बिउ विजन उपयोग र उत्पादन गर्नसक्ने अपांगता भएका व्यक्तिलाई वितरण गरिएको हो । 

१६ जना अपांगता भएका व्यक्तिलाई यस्ता कृषि सामग्री वितरण गरिएको छ ।  यस्तै, आवश्यकताका आधारमा ४० जनालाई हेयरमेसिन र ६० जना अपांगता भएका व्यक्तिलाई लौरो (स्टिक) वितरण गरिएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाले जनाएको छ । 

सामाजिक विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख टंकप्रसाद न्यौपानेले अपांगता भएका व्यक्तिको जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यका साथ कृषि सामग्री सहयोग गरिएको बताए । 

उनले भने, उत्पादन गरी बिक्री, वितरण गर्न नसके पनि आफैँले खाएर पोषणमा सहयोग पुग्छ । यस्ता विषयलाई मध्यनजर गर्दै कृषि सामग्री वितरण गरिएको हो ।’