close

चन्द्रागिरि नगरपालिकाले यसरी गर्दैछ आजदेखि फोहोर व्यवस्थापन

चन्द्रागिरि नगरपालिकाले यसरी गर्दैछ आजदेखि फोहोर व्यवस्थापन

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा मंगलबार बसेको नगर कार्यपालिका बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो ।

बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गते (बुधबार) देखि नै लागू हुने नगरप्रमुख गिरिले बताए ।

चन्द्रागिरिले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरु वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गरिने बताएको छ । नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ । 

यसअघि काठमाडौं महानगरपालिकाले पनि साउन १ गतेदेखि फोहोर वर्गीकरण गर्न नगरवसीलाई आग्रह गरिसकेको छ ।