close

हिमाली पालिकामा पक्की सडक निर्माण कार्य सुरु

हिमाली पालिकामा पक्की सडक निर्माण कार्य सुरु

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौरदेखि फैतीसम्मको पक्की सडक निर्माण कार्य सुरु गरिएको छ । धुलाचौरलाई केन्द्रबिन्दु गर्दै हिमाली गाउँपालिका–४ को फैती गाउँ हुँदै बोतासम्म पक्कि सडक निर्माण कार्य सुरुवात भएको हो । 

आर्थिक वर्ष २०७८–०७९ को बजेटले निर्माण भएको सडकमा पक्की सडक निर्माण कार्यका लागि काम सञ्चालन गरेको छ । 
आउँदो बजेट व्यवस्थापन गरेर पनि थप निर्माण कार्यका लागि राखिएको छ ।

गाउँपालिका सडक निर्माण कार्य भएको ठाउँमा पक्की सडक निर्माण कार्यका लागि अगाडि बढाउने गरेको छ । कच्ची सडक सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको समन्वयमा पक्की सडक बनाउन जोड दिने गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताए । 

प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले पालिकाले पछिल्लो समय धुलाचौरदेखि फैती मात्र नभएर धिम, फैती, बोता र रुगिनसम्मको सडक निर्माण कार्य भइरहेको बताए ।

‘धुलाचौरलाई केन्द्रबिन्दु बनएर हामीले सडक निर्माण भएका ठाउँमा पक्की सडकको निर्माण कार्य सुरु गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले भने, ‘हिमाली गाउँपालिका धुलाचौर केन्द्रदेखि हिमाली गाउँपालिका–४ को फैती गाउँ हुँदै बोत्ता गाउँको बस्तीसम्म सडक निर्माण कार्य गरिएको छ । अहिले सामान्य समान ओसारपसार र आवतजावत सरल भएको छ ।’

सडक सञ्चालनसँगै जिप, बाइक आवतजावत सहज भएको हिमाली गाउँपालिका–४ बोत्ताका नन्दबहादुर भण्डारीले बताए ।