close

करार कर्मचारी हटाउने निर्णयप्रति गाउँपालिका महासंघको ध्यानाकर्षण (विज्ञप्तिसहित)

करार कर्मचारी हटाउने निर्णयप्रति गाउँपालिका महासंघको ध्यानाकर्षण (विज्ञप्तिसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारमा रहेका कर्मचारीलाई एकमुष्ट हटाउने स्थानीय तहको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघ नेपालले बुधबार एक विज्ञप्तिमा करारमा कार्यरत कर्मचारीलाई स्थानीय कार्यसम्पादनका आधारमा नभई एकमुष्ट हटाउँदा स्थानीय सरकारको कार्य प्रभावकारी नहुने उल्लेख छ । 

‘गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरबन्दीमा रहेका करारका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएपश्चात् स्वतः करार अवधि समाप्त हुने नै छ । तर, हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरूको कार्यक्षमताको कुनै मूल्यांकन नगरी एकमुष्ट रुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकका दृष्टिकोणबाट समेत उपयुक्त हुँदैन । यो अभ्यासले स्वयं गाउँपालिकाको कार्यसम्पादनमा समेत प्रभावकारी आउँदैन,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि निम्नानुसार स्वीकृत दरबन्दीमा करारमा नियुक्ति पाएका अनुभवी जनशक्तिलाई कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्य सम्पादनमा प्रभावकारिता ल्याउने तर्फ केन्द्रित हुन उपयुक्त आधारमा म्याद थप गरी स्थानीय सरकार कार्य सम्पादनमा प्रभावकारी ल्याउनेतर्फ केन्द्रित हुन उपयुक्त देखी सबै गाउँपालिकाहरूको ध्यानाकर्षण गर्दै सबैमा हार्दिक अनुरोध गरेको छ ।’