close

घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि र प्रधानमन्त्रीबीच भेटवार्ता

घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि र प्रधानमन्त्रीबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

कैलाली । घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

नगर प्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, १ नम्बर वडाका वडाध्यक्ष घनश्याम ओझा, ३ नम्बर वडाका वडाध्यक्ष कृष्ण गौतमलगायतले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

भेटको क्रममा नगर विकासका लागि आवश्यक योजनाहरू माग गरेका छन् । पालिका भवनले चर्चेको जग्गा, कन्द्रा नदीमा तटबन्ध र नगरको बाहिरी चक्रपथ निर्माणलगायत माग प्रस्तुत गरिएको नगरपालिकाका अध्यक्ष रावतले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले नगरको विकासका योजनाहरूमा सकारात्मक रहेको र मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।