close

वीर अस्पताल परिसरमा काठमाडौं महानगरको डोजर

वीर अस्पताल परिसरमा काठमाडौं महानगरको डोजर

Trulli
ADVERTISEMENT

काठमाडौं । अवैध संरचना धमाधम भत्काइरहेको काठमाडौं महानगरपालिकाले आज वीर अस्पताल क्षेत्रमा रहेको अवैध संरचना भत्काउने भएको छ ।

महानगरले वीर अस्पताल परिसर क्षेत्रमा रहेको औषधि पसलका सटरहरू भत्काउने भएको हो । यसअघि महानगरले नियम विपरित सञ्चालनमा रहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो ।

बुधबार दिउँसो महानगर प्रहरीले २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो । 

अस्पतालको नयाँ भवन परिसरमा रहेको उक्त क्षेत्रमा नक्सा पास गर्दा 'बगैंचा निर्माण गर्ने' उल्लेख छ । बगैँचा बन्ने भनिएको स्थानमा सटरसहितको टहरा बनाएकोले महानगरले ती संरचना हटाउन लागेको हो ।

कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले वडा नम्बर २७ का वडा अध्यक्षले ती सटर भत्काउन कामपा प्रहरीलाई आग्रह गरेको जानकारी दिए ।