close

२६ वर्षसम्म नबलेको बिजुली २७ दिनमा बल्यो

२६ वर्षसम्म नबलेको बिजुली २७ दिनमा बल्यो

Trulli
ADVERTISEMENT

बाँके । कुनै योजना निर्माण गर्न कति समय लाग्छ ? ५ वर्ष वा त्योभन्दा बढी ? तर नरैनापुर गाउँपालिकामा निर्माणाधीन बिजुली बल्न २६ वर्ष लाग्यो । निर्माणको क्रमका अधिकांश काठे पोलहरू ढलिसकेका थिए । फलाका पोलहरूमा खिया लागेका थिए । 

तर, यो ठूलो परियोजना भएर करिब ३ दशक लागेको भने होइन । सरोकारवाला र जिम्मेवार व्यक्ति साँच्चिकै जिम्मेवार नभएर निर्माण नभएको हो । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह पहिलो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा आएपछि उनले २६ वर्षसम्म नबलेको बत्ती २७ दिन मेहनत गरेर सबैको घर उज्यालो बनाएका छन् । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहका अनुसार कोरोना कारण पनि आफूलाई बिजुली बाल्नैपर्ने दबाब भयो भने आफूलाई काम गर्न सक्छु भनेर प्रमाणित पनि गर्नु थियो । 'मैले सेवा पनि गरेँ । काम गर्न सक्छ भनेर प्रमाणित पनि गराए ।' उनले पालिका खबरसँग भने । 

उनका अनुसार कोरोनाका कारण हामीले रातदिन नभनी रातदिन काम गर्‍यो । सफल पनि भएका छौं । समाजमा खुशीसँगै उज्यालो ल्याउने काम गरेको उनको भनाइ छ ।  उनका अनुसार राम्रो काम गरेकै कारण आफू दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएको उनको दाबी छ ।