close

नक्सापास तथा भूकम्प प्रतिरोधी घर नबनाइए कारबाही

नक्सापास तथा भूकम्प प्रतिरोधी घर नबनाइए कारबाही

Trulli
ADVERTISEMENT

चितवन । राप्ती नगरपालिकाले घर बनाउँदा दक्ष जनशक्तिको प्रयोग गर्न सबै स्थानीयलाई आग्रह गरेको छ । भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम प्राप्त डकर्मी तथा व्यवसायीमार्फत मात्र घर बनाउन आग्रह गरेको हो । 

आज एक सूचना जारी गर्दै नयाँ घर बनाउँदा नक्सापास अनिवार्य गर्न र भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरेको छ । सरकार सञ्चालन ऐन ३०७४ बमोजिम अनुमति लिएर मात्र निजी तथा सरकारी भवन निर्माण गर्न आग्रह गरेको छ । 

साथै सूचनाको बेवास्ता गरेमा नगरपालिकाले स्थानी सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम जाँच गरी कारबाही तथा जरिवाना गर्ने जनाएको छ । साथै पुराना घरहरूको अभिलेखीकरणका लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।