close

अवैध संरचना ३५ दिनभित्र हटाउन देवचुली नगरपालिकाको आग्रह

अवैध संरचना ३५ दिनभित्र हटाउन देवचुली नगरपालिकाको आग्रह

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।

नगरपालिका क्षेत्रभित्र पर्ने दलदले-कुमसोत डबल लेन सडक निर्माण भएको हुँदा सडक आसपासका  अवै घर टहरा तथा संरचनाहरू ३५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै नगरपालिकाले सडकको दायाँ-बायाँ गरी १०/१० मिटरु क्षेत्रमा निर्माण गरिएका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाई सहयोग गर्न अनुरोध गरेको छ । सूचनाको बेवास्ता गरेमा नगरपालिकाले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।