close

दुई दिनभित्र ५५० मिटर सडक कालोपत्रे

दुई दिनभित्र ५५० मिटर सडक कालोपत्रे

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिका कीर्तिपुर अस्पतालदेखि नयाँ बजार लोकतान्त्रिक चोकसम्मको सडक कालोपत्रे सुरु भएको छ । 

कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार सडक कालोपत्रेका लागि एक करोड १५ लाख रुपैयाँ इस्टिमेट गरिएको छ  । हाल करिब ५५० मिटर सडक कालोपत्रे हुने र अन्य सडक ढलान गर्ने योजना रहेको उनले बताइन् । 

सडकको केही भागमा पानी बग्ने भएकाले आगामी साता ढलान गरिने उनको दावी छ । उक्त सडकको कालोपत्रे आज र भोलि सकिने नगरपालिकाले जनाएको छ ।