close

नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक

नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक

Trulli
ADVERTISEMENT

पर्सा- सखुवा प्रसौनी गाउँपालिकाले जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक लगाएको छ । 

गाउँपालिकाको बिहीबार बसेको बैठकले सो खोलाबाट हुने नदीजन्य पदार्थको उत्खन्न र निकासीमा रोक लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले पालिकाखबरलाई बताए । 

खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाँउपालिकाको साझा सम्पत्ति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तव्य भएकाले खोलाबाट कुनै पनि नदिजन्य पदार्थको उत्खनन् र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको उनले भने । 

कसैले खोलाबाट नदीजन्य पदार्थको उत्खन्न र निकासी पैठारी गरे ट्याक्टरलाई १० हजार र टिपरलाई ३० हजार जरिवाना तथा कानुन बमोजिम कार्वाही गरिने निर्णय भएको पालिकाले जनाएको छ । 

सरकारले उत्खनन् र निकासी पैठारी गर्न नभने पनि तस्करले नदी र खोलाबाट अवैधरुपमा उत्खनन् गरी चोरी तस्करी गर्ने गरेका छन् ।