close

शैलुङमा साढे १७ प्रतिशत योजनाको फरफारक

शैलुङमा साढे १७ प्रतिशत योजनाको फरफारक

Trulli
ADVERTISEMENT

दोलखा- शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे १७ प्रतिशत योजनाको फरफारक सम्पन्न गरेको छ । 

गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठका अनुसार समयमा नै काम सक्नका लागि वडा कार्यालयमार्फत उपभोक्ता समितिलाई प्रत्यक्ष अनुगमन तथा समन्वयको काम भइरहेको छ । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत पालिकामा नहुँदा समस्या भए पनि विकास निर्माणका माममा सकेसम्म कम प्रभाव देखिने गरी सरोकारवालासँग समन्वयको काम भइरहेको छ । गाउँपालिका गत माघ १ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । 

गाउँपालिकाको योजना शाखाका बलराम पौडेलका अनुसार हालसम्म ४१ वटा योजनाको काम सम्पन्न भइ अन्तिम भुक्तानी भइसकेको छ । उनका अनुसार गाउँपालिकामा ८ वटा ठेक्का र १५३ उपभोक्ता समितिमार्फत हुने योजना छन् । 

स्थानीय पुर्वाधार, खानेपानी, सामुदायिक भवन, मर्मत–सम्भार, र साना सिचाईका अधिकांश योजना निर्माणको क्रममा रहेको छ भने केही आयोजनाहरू सम्झौता हुनै बाँकी रहेको योजना शाखाले जनाएको छ ।