close

मर्स्याङदी पालिकाले एकल पुरुष र अपाङ्गलाई मासिक एक हजार भत्ता दिने

मर्स्याङदी पालिकाले एकल पुरुष र अपाङ्गलाई मासिक एक हजार भत्ता दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिकाले एकल पुरुष र ग वर्गका अपाङ्गता भएकालाई मासिक एक हजारका दरले भत्ता वितरण गर्ने भएको छ । 

पालिका खबरसँगको कुराकानीका क्रममा उपाध्यक्ष जुनामाया थापाले सो जानकारी दिइन् । 

एकल पुरुषलाई भत्ता ५००बाट सुरु भएको बताउँदै उनले यस वर्षबाट सो भत्ता ५०० बढाएर एक हजार पुर्‍याइएको बताइन् । 

पालिकाले ग वर्गका अपाङ्गलाई पनि मासिक १००० भत्ता कार्यक्रमका लागि वार्षिक १० लाख रकम छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिए ।

उनले पालिकाभर कुल १५० अनुमानित एकल पुरुष रहेको बताउँदै भने, ‘ यस वर्षका लागि पालिकाले एकल पुरुष भत्ता र अपाङ्ता भत्ताबापत् कुल २० लाख रकम छुट्याएको छ ।’

ग वर्गको अपाङ्ताको संख्या २०० रहेको उनले जानकारी दिए ।