close

निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिन सुरु

निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु भएको छ । 

निर्धारित समयभन्दा करिब दुई घन्टापछि राणाको सुनुवाइ सुरु भएको हो । यद्यपि राणा निर्धारित समयमै सर्वोच्च पुगेका थिए । 

गठबन्धनले गत १ फागुनमा राणामाथि महाअभियोग लागेको थियो । त्यसपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन सुरु गरेकाे हाे । 

११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा. शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन्  । सुनुवाइ समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्य रामबहादुर बिष्टले गरेका छन् ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो ।