close

सकियो प्रधानन्याधीशको दोस्रो दिनको बयान, प्रतिप्रश्न गरेको सदस्य विश्वकर्माको प्रतिक्रिया  ​​​​​

सकियो प्रधानन्याधीशको दोस्रो दिनको बयान, प्रतिप्रश्न गरेको सदस्य विश्वकर्माको प्रतिक्रिया  ​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । निलम्बवित प्रधानन्याधीश चोलेन्द्र शम्शेरको  दोस्रो दिनको बयान सकिएको छ ।

बयानका क्रममा महाभियोग सिफारिस समितिमा उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।

बिहीबारको बयानमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो ।

लामो जवाफ दिएका जबराले प्रक्रियागत जवाफ दिएका थिए । समितिका सदस्य मीन विश्वकर्मा भन्छन्, ‘घरिघरि समितिलाई नै प्रश्न गर्ने, संसदलाई नै प्रश्न गर्ने शैलीमा जानुभयो ।’

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बयान १९ गते आइतबार हुनेछ ।