close

मतदानका दिन सवारीसाधन चलाउन दिने तयारी

मतदानका दिन सवारीसाधन चलाउन दिने तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सवारी साधन चल्न पाउने भएका छन् । 

यसअघि निर्वाचनका दिन सवारी साधन  चलाउन  नदिँदा यसअघि सबै मतदाताले मतदान गर्न नपाएको बताउँदै प्रमुख निर्वाचन आयुक्त  दिनेशराज थपलियाले आगामी निर्वाचनामा सवारी साधन चलाउन  दिने तयारी भइरहेको जानकारी दिए । 

तर, यसरी सवारी साधन चलाउन आवश्यक मापदण्ड लागू हुने उनको भनाइ छ ।  उनले मतदानका दिन नेपाल बन्द हो कि जस्तो गरी सवारी साधन बन्द नगर्ने उल्लेख गरे ।