close

संघ सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, तीन तहका सरकारबीच समन्वय प्रगााढ बनाउने

संघ सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, तीन तहका सरकारबीच समन्वय प्रगााढ बनाउने

Trulli
ADVERTISEMENT

काठमाडौं - तीन तहका सरकारबीच राम्रो समन्वय नभएको र सरकारले गर्ने कामहरु दोहोरिने गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ ।

आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन गर्दै राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बनाउने बताएका छन् ।

उनले राष्ट्रिय प्राथमिकताको काम गर्न तीनै तहका सरकारलाई जिम्मेवार बनाउन नीतिगत तथा कानूनी व्यवस्था गरिने बताए ।