close

सप्तरीका तीन पालिकालाई हाईअलर्टमा रहन निर्देशन

सप्तरीका तीन पालिकालाई हाईअलर्टमा रहन निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीका तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ ।

सप्तरी प्रशासनले उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडामा सतर्कता अपनाउन आग्रह गरेको हो । 

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम ठाउँका बासिन्दालाई सतर्क अपनाउनका लागि आग्रह गरिएको पालिका खबरलाई बताए । 

सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन आग्रह भइरहेको उनले बताए । 

सप्तकोसी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना बढी रहेको स्थानीयले बताएका छन् ।

यसैगरी  कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए । बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह सूचनासमेत दिइसकेको नगरप्रमुख गुप्ताको भनाइ रहेको छ ।