close

बाढीका कारण बेलका नगरपालिकाका स्थानीय पुन: विस्थापित

बाढीका कारण बेलका नगरपालिकाका स्थानीय पुन: विस्थापित

Trulli
ADVERTISEMENT

काठमाडौं । उदयपुर जिल्लाको बेलका नगरपालिकामा शनिबार बेलुकी पुनः आएको वर्षाका कारण स्थानीय विस्थापित भएका छन् । 

सप्तकोसी नदी र स्थानीय खहरे खोलामा आएको बाढीका कारण स्थानीय पुन: विस्थापित भएका हुन् । 

नगरपालिकाका अनुसार शनिवार पूर्वी पहाडी क्षेत्र र उदयपुर क्षेत्रमा आएको वर्षाका कारण सप्तकोसीमा पुनः बाढी आएपछि वडानं स्थित २ बानडाँडा क्षेत्रका केही बासिन्दा विस्थापित भएका हुन् ।

यस्तै,  वडा नं १ को तपेश्वरी, आम्बासी, पुरनदहका खोलामा आएको बाढी गाउँमा प्रवेश गर्दा शनिबार सो क्षेत्रका बासिन्दा गाउँ छाडेर सुरक्षितस्थलतर्फ गएको नगरपालिकाकी उपप्रमुख जीरा राईले बताइन् । 

गत शनिबार पूर्वीपहाडी क्षेत्रमा आएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बानडाँडा र सातपत्रेका बासिन्दा केही दिनअघि विस्थापित भएर घर फर्किआएकामा  पुनः विस्थापित भएर अन्य सुरक्षितस्थलतर्फ गएको बेलका– २ का प्रकाश कार्कीले बताए । 

यस्तै पुरनदह, खारखोला तथा आम्बासी खोला र अन्य स्थानीय खोलामा आएको बाढी गाउँमा प्रवेश गर्न थालेपछि शनिबार बेलुकी नै झण्डै सो क्षेत्रका पाँचसय घरपरिवार सुरक्षितस्थलतर्फ गएको आम्बासीका देवराज थापाले बताए । 

शनिबार भीषण वर्षाका कारण स्थानीय खोलामा बाढी आएर विस्थापित भएकाको तथ्याङ्क आज बिहानैदेखि सङ्कलन  सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

विस्थापित भएकाहरु कहाँ कुन स्थानमा सुरक्षित रहेका छन् भन्ने कुरा पत्ता लगाएपछि उनीहरुलाई उद्धार गरेर राहत वितरण गरिने नगरप्रमुख अशोक कार्कीले बताए ।