close

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

Trulli
फाइल फोटो
ADVERTISEMENT

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए ।

निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ ।

पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।