close

भजनीका बस्तीमा बाढी पसेपछि सडकमा बास

भजनीका बस्तीमा बाढी पसेपछि सडकमा बास

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् ।

भजनी नगरपालिका–८ का दुई सय ५० घरधुरीका अन्दाजी छ सय जना अहिले हुलाकी सडकमा अस्थायी बसोबासका लागि टहरा निर्माण गरी बसोबास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

उनका अनुसार भजनी नगरपालिका–३ का ७० घर धुरीका अन्दाजी दुई सय ५० जना सोही नगरपालिकास्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय ढुसीमा र वडा नं ३ का १५ घरधुरीका अन्दाजी ६० जना मानिस हुलाकी सडकखण्डको किनारमा त्रिपाल रोकी बसेका छन् ।

अविरल वर्षाका कारण कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

वर्षाले भजनी नगरपालिकाको वडा नं ३, २, ७ र ८ का पल्टापुर, मोहनपुर तिनघरुवा, शिविर टोल, खल्ला टोल र पाण्डे टोललगायतका बस्तीमा बाढी पस्दा घर डुबानमा परेका छन् ।