close

कर्णाली र बम्बईको बाढी बस्तीमा पस्दा झन्डै १५ हजार प्रभावित

कर्णाली र बम्बईको बाढी बस्तीमा पस्दा झन्डै १५ हजार प्रभावित

Trulli
ADVERTISEMENT

काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाका करिब आठ सय घर डुबानमा परेका छन् ।

सोमवार साँझदेखि पसेको पानीका कारण कर्णालीमा आएको बाढीका कारण कर्णाली नदी आसपासका उल्लेखित संख्याका घर डुबानमा परेका हुन् । 

स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ ।

अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले बताए ।

कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गरे ।

उनले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताए । त्यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमबार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरु डुबानमा परेको बताए ।

उनले नदीमा पानीको बहाव बढीरहेकाले झनै समस्या थपिएको गुनासो गरे।

जिल्ला प्रशासन कार्यालयका प्रमुख बन्धुप्रसाद बाँस्तोलाले १९ गतेदेखि बम्बई र कर्णाली नदीमा आएको बाढीका कारण स्थानीय प्रभावित भएकाे जानकारी दिए । मानवीय क्षति नभए पनि अन्नबालीमा ठूलाे क्षति पुगेकाे उनले बताए ।  उनका अनुसार  करिब एक हजार घर परिवार बाढीका कारण विस्थापित भएका छन् भने केही साना भुसका घर भत्किएका छन् । 

त्यसैगरी, राजपुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाढी पस्दा करिब १३०० घर परिवार  विस्थापित भएका छन् ।  जसका कारण करिब १५ हजार मानिस प्रभािवत भएको  बाँस्तोलाले जानकारी दिए ।