close

अन्नपूर्णको प्रशासकीय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन अनुरोध

अन्नपूर्णको प्रशासकीय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन अनुरोध

Trulli
ADVERTISEMENT

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले प्रशासनिक भवनको लागि जग्गा उपलब्ध गराउन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको प्रशासनिक भवन निर्माण गर्नको लागि आवश्यक जग्गा उपलब्ध गराउन अनुरोध गरेको हो । 

गाउँपालिकाको सूचना अनुसार पुष २६ गते बसेको कार्यपालिकाको बैठक निर्णय अनुसार प्रशासनिक भवन निर्माणको लागि मापदण्ड पुगेका निःशुल्क प्राप्त गर्नुपर्ने भएकोले जग्गा उपलब्ध गराउन अनुरोध गरिएको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र जग्गा धनीपुर्जाको प्रमााणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, मञ्जुरीनामाको प्रतिलिपिसहित निवेदन दिन अनुरोध गरिएको हो । 

जग्गा एक सगोलमा कम्तीमा ५ रोपनी, कार्यपालिका भवनको लागि खुल्लालगायतको मापदण्ड रहेको गाउँपालिकाले जनाएको छ ।