close

स्थानीय तहहरुको अन्तरपालिका समन्वय बैठक सम्पन्न

स्थानीय तहहरुको अन्तरपालिका समन्वय बैठक सम्पन्न

Trulli
ADVERTISEMENT

मोरङ । उत्तरी मोरङका स्थानीय तहहरुको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको आयोजनामा उतरी मोरङका नौ वटा पालिकाको बैठक सम्पन्न भएको हो । 

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षता रहेको बैठकमा उतरी मोरङका पालिकाहरुका साझा सरोकारका विषयमा साझा अवधारणा तय गर्ने सम्बन्धमा बैठक आयोजना गरिएको हो । बैठकमा उर्लाबारी  नपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय तहका साझा समस्याबारे छलफलका एजेण्डा राखेका थिए ।

 भू – उपयोग क्षेत्र वर्गीकरण, जग्गाको मुल्याङ्कन, कर निर्धारण, फोहोर मैला व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन र सीमाना व्यवस्थापन सम्बन्धमा छलफलका विषय रहेका थिए । बैठकले सुशासन, विकास र सेवा प्रवाहका विषयमा पालिकाहरुबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने निर्णय गरेको लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतिले बताए । 

बैठकले विभिन्न सात वटा निर्णय पारित गरेको लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए ।

बैठकमा सुन्दरहरैचा, उर्लाबारी  नगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, केराबारीबाट गाउँपालिका,  पथरी र बेलबारीका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतकाे सहभागिता रहेकाे जनाइएकाे छ ।