close

वडामा लेखापढी नराख्न धनगढीको निर्देशन

वडामा लेखापढी नराख्न धनगढीको निर्देशन

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले लेखापढी गर्ने व्यक्ति हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले पालिकाभित्रका सबै वडालाई परिपत्र गरी सो निर्देशन दिएको हो । 

उपमहानगरपालिकाको अनुसार वडा कार्यालयमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीसँग मनपरी शुल्क लिई निवेदन लेख्ने गुनासो आएपछि सो निर्देशन दिएको हो । स्थानीय बासिन्दा तथा सेवाग्राहीबाट धेरै गुनासो आएपछि सो निर्देशन दिएको जनाइएको छ । 

उपमहानगरपालिकाले सार्वजनिक परिपत्रमार्फत रकम लिएर लेखापढी गर्ने व्यक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भनेको जनाइएको छ । महानगरपालिकामा १९ वटा वडा रहेका छन् ।