close

मालिकाले ल्यायाे आफ्नै 'पालिका लोगो'

मालिकाले ल्यायाे आफ्नै 'पालिका लोगो'

Trulli
ADVERTISEMENT

गुल्मी- मालिका गाउँपालिकाले आफ्नो पालिका लोगो प्रयोगमा ल्याएको छ । गाउँपालिकाले बिहिबार लोगो सार्वजनिक गरी प्रयोगमा ल्याएको हो । 

गाउँपालिकाका अध्यक्ष देविराम अर्यालका अनुसार प्रतिस्प्रर्धामार्फत छनौट भएको लोगोलाई गाउँपालिकाले प्रयोगमा ल्याएको हो । उनका अनुसार लोगो निर्माणको लागि गाउँपालिकाले सूचनामार्फत आवेदन माग गरेको हो । 

सोही सूचनामार्फत आएको आवेदकहरुको लोगोलाई कार्यपालिका बैठकमार्फत छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालका अनुसार गत फागुन २८ गते गाउँपालिकाको लोगो निर्माणको लागि सूजना जारी गरेको थियो । सोही सूचनाका आधारमा १५ जनाले लोगो निर्माण गरी आवेदन दिएका थिए । 

सोमध्ये उत्कृष्ट ३ जनाको लोगोलाई पुन:परिमार्जन गरी पेश गर्न आग्रह गरेको र सोमध्ये  वडा नम्बर ६ का घनश्याम पराजुलीले निर्माण गरेको लोगोलाई मुल्यांकन समितिले छनोट गरेको बताए । 


 पराजुलीलाई गाउँपालिकाले नगद २५ हजार पुरस्कार प्रदान गरिने उनले बताए । लोगोमा गाउँपालिकाको पहिचान ,भू गोल, कला सँस्कृती, धार्मिक तथा पर्यटकीय स्थल, रीतिरिवाज , चालचलन सङै समग्र क्षेत्रलाई समटेर लोगो निर्माण भएको उनले पालिकाखबरलाई बताए ।