close

मापदण्ड विपरित बनेका संरचना हटाउँदै मुसिकोट नगरपालिका

मापदण्ड विपरित बनेका संरचना हटाउँदै मुसिकोट नगरपालिका

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- जिल्लाको मुसिकोट नगरपालिकाले नियमविपरीत निर्माण भएका भौतिक संरचना हटाउन ३० दिने सुचना जारी गरेको छ। सडक छेउमा निर्माण गरिएका घर, टहरा, घुम्ती हटाउन पालिकाले सार्वजनिक सूचना जारी गरी सचेत गराउन थालेको हो । 

सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरे अनधिकृत संरचना हटाउन भौतिक रूपमा  तथा कानुनी रुपमा नै उत्रिने पालिकाले जनाएको छ। खासगरी बजार क्षेत्रमा सडक छेउमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत लाभ लिने प्रवृत्ति बढ्दो छ। 

सडक छेउमा जथाभावी बनाईएका घर, टहरा तथा घुम्तीहरुले सडक दुर्घटना बढ्ने र पैदल यात्रीलाई समेत असर पार्ने हुँदा उक्त स्थानमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिए । खड्काका अनुसारअनाअधिकृत तथा मापदण्डविपरीत बनेका भौतिक संरचनाको नियमन गरी त्यसलाई कानुनी दायरामा ल्याउने काम सुरु बताए ।

नगरपालिकाको बजार क्षेत्र बागबजार, खलंङ्गा र सल्ले मुख्य सडक आसपास अनधिकृत रूपमा बनेका संरचना हटाउनका लागि सार्वजनिक सूचना जारी गरिएको छ। बाटोको छेउमा टहरा बनाएर आमजनजीवनमा बाधा  पुर्याईरहेको भन्दै नगरपालिकाले ३० दिन भित्र घर, टहरा हटाउन सुचना जारी गरेको हो।