close

२० किलोमिटर पैदलपछि बल्ल पाउँछन् मानेभन्ज्याङका स्थानीयले पानी, पानी किन्दै सकिन्छ मुख्य आम्दानी

काकाकुल गाउँको हटेन दुःख

२० किलोमिटर पैदलपछि बल्ल पाउँछन् मानेभन्ज्याङका स्थानीयले पानी, पानी किन्दै सकिन्छ मुख्य आम्दानी

काकाकुल गाउँको हटेन दुःख

ADVERTISEMENT

 

गाउँपालिकाको केन्द्र सिंगो गाउँकै राजधानी हो । राजधानीमा सबै सेवा सुविधा पर्याप्त हुने अपेक्षा गर्नु अनौठो होइन । तर, ओखलढुंगाका स्थानीय तहमा त्यस्ता सेवा सुविधा छन् भन्नु कल्पना मात्र हुन्छ ।

 

यहाँका कतिपय स्थानीय तह साँघुरा र जीर्ण भवनमा चलेका छन् भने कतिमा खानेपानी र टेलिफोनको सुविधासमेत छैन । यसले सर्वसाधारण मात्र होइन सेवा प्रदान गर्न बसेका कर्मचारीलाई समेत उत्तिकै हैरानी छ ।

 

यस्तै हैरानी ब्यहोर्दै आएका छन् मानेभञ्ज्याङ्ग गाउँपालिकाका स्थानीय पनि ।