close

सिन्धुलीगढी संरक्षणमा जुट्यो कमलामाई नगरपालिका

सिन्धुलीगढी संरक्षणमा जुट्यो कमलामाई नगरपालिका

ADVERTISEMENT

 

हामीसँग छन् सयौँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरु तर छैन तिनको संरक्षण, सम्वद्र्धन र प्रचारमा हाम्रो चासो । यही भएर त बेसम्हार, जीर्ण र रुग्ण बन्दै गएका छन् धेरै धरोहरहरु ।

 

यस्तै बेवास्ताको सिकार बनेको छ ऐतिहासिक सिन्धुलीगढी । नेपाल-अंग्रेज युद्धको साक्षी हो सिन्धुलीगढी । गोर्खाली विजयको गाथा बोकेको यो क्षेत्रको संरक्षण र प्रचारमा अब भने कमलामाई नगरपालिकाको ध्यान गएको छ ।