close

कालापानीका घरदैलोमा सुनकोसीको पानी

कालापानीका घरदैलोमा सुनकोसीको पानी

ADVERTISEMENT

खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ ।

 

फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८ सय मिटरको उचाईमा रहेको कालापानीमा पम्पिङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको छ ।

 

पानीको हाहाकार भएको गाउँपालिकामा पानी आएसँगै स्थानीय खुसी भएका छन् भने पधेराबाट कम्तीमा दुई घण्टा हिडेर खानेपानी उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।