close

अझै विस्तार हुन सकेन जुम्ला विमानस्थल

अझै विस्तार हुन सकेन जुम्ला विमानस्थल

ADVERTISEMENT

जुम्लाको खलंगास्थित जुम्ला विमानस्थल विस्तारको तयारी गत वर्ष नै गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थल पुगेर गत मंसिरमा नै सर्भे गरिएको थियो ।

तर, सर्भेको अहिलेसम्म कुनै प्रतिवेदन सार्वजनिक भएको छैन ।

विमानस्थलको अवस्था जर्जर छ भने विमानस्थल विस्तार नहुँदा दूर्घटनाको जोखिम पनि उत्तिकै छ ।

विमानस्थलको आवश्यकता सरोकारवालाले देखे पनि अहिलेसम्म विस्तारका लागि कुनै पहल भएको पाइँदैन ।