close

सिद्धकुमाखमा एकल नृत्य प्रतियोगिता, महालक्ष्मीमा लोक नृत्य प्रतियोगिता (भिडियाेसहित)

सिद्धकुमाखमा एकल नृत्य प्रतियोगिता, महालक्ष्मीमा लोक नृत्य प्रतियोगिता (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

 धनगढीमाईमा धानबाली पकेट विकास कार्यक्रम
सिरहाका धनगढीमाई नगरपालिकाले धान पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धान पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

नगरपालिकाको अनुसार चालू आर्थिक स्वीकृत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ धानबाली पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । नगरपालिकाभित्रका इच्छुक व्यक्ति, सहकारी संस्था, कृषि समूहले आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

तोकिएको ढाँचामा आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । १० हेक्टर क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

 

महालक्ष्मीमा नगरस्तरीय अन्तर विद्यालय तेस्रो लोक नृत्य प्रतियोगिता 
ललितपुरको महालक्ष्मी नगरपालिकामा नगरस्तरीय अन्तर विद्यालय तेस्रो लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ । नगरपालिका तथा वेष्ट बिङ विद्यालयको व्यवस्थापनमा सो प्रतियोगिता सम्पन्न भएको हो । 

नगरप्रमुख  हरिगोविन्द श्रेष्ठको अध्यक्षता र  सांसद प्रेमबहादुर महर्जनको प्रमुख आतिथ्यतामा शनिबार वडा नम्बर ८ लुभुस्थित वेष्ट विङ् विद्यालय प्रतियोगिता  सम्पन्न भएको हो। प्रतियोगितामा नगरभित्रका ३० वटा विद्यालयहरु सहभागीता रहेको पालिकाले जनाएको छ ।

 

नगर स्थापना दिवसमा गौंदीखोला सरसफाई अभियान सुरु

बागलुङको  गलकोट नगरपालिकाले गौंदी खोला सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले आफनो स्थापना दिवसको सरसफाई अभियान सुरु गरेको हो । 

 स्वच्छ वातावरण निर्माण गर्दै सन्तुलित पर्यावरण कायम राख्ने उद्येश्यले बृहत सरसफाई अभियानको शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । पछिल्लो समय खोलानाला र्दुगन्धित बन्दै गईरहेको र सरसफाई अभियानले खोलानाला सफा रहने अपेक्षा गरिएको उनको भनाई छ । 

अभियानले खोलानालामा फोहोर नगर्न जनचेतना फैलाउने समेत विश्वास लिईएको गैरेले विश्वास व्यक्त गरे । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण  गरी नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न सहयोग गर्नसमेत उनले आग्रह गरे।

 सूर्यविनायकमा छैठौं स्थापना दिवस सम्पन्न
 भक्तपुरको सूर्यविनायक नगरपालिकाले छैठौं स्थापना दिवस मनाएको छ । नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो छैठौं स्थापना दिवस मनाएको हो । 

नगरपालिकाको अनुसार फागुन २५ गतेदेखि २७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । स्थापना दिवसको अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका अन्य संघसंस्थाहरूले आआफ्नो कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ  । 

 सिद्धकुमाखमा एकल नृत्य प्रतियोगिता सम्पन्न
सल्यानको सिद्धकुमाख गाउँपालिकामा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार सो प्रतियोगिता सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार बालबालिकाहरुको प्रतिभा खोजि गर्ने उद्धेश्यसहित महिला तथा बालबालिका शाखाको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भरत गिरीले बताए । उनका अनुसार विभिन्न चरणगत रुपमा प्रतियोगिता सञ्चालन गरिएको हो ।  चरणगत रुपमा छानिएका १२ बालबालिकाहरुबीच शनिबार गाउँपालिकाको सभाहलमा फाइनल प्रतियोगिता गरिएको उनले बताए ।
 

नेपालगञ्जमा नाला सफाई अभियान
बाकेँको नेपालगञ्ज उपमहानगरपालिकाले  डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दुबाट सफाइको काम थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताए ।
 

छत्रकोटमा निःशुल्क स्वास्थ्य शिविर
गुल्मीको छत्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना, ग्रिनसिटी हस्पिटल काठमाडौँको सह–आयोजना र रोटरी क्लब अफ डाउनटाउन काठमाडौँ तथा लायन्स क्लब अफ काठमाडौँ, गुल्मीको विशेष सहयोगमा उक्त शिविर सुरु भएको हो। 

शनिबार एक कार्यक्रमको आयोजना गरि शिविर सुरु भएको छ। फाल्गुण २७ गते देखि २ दिन सम्म श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा वृहत निःशुल्क स्वास्थ्य शिविर भइरहेको गाउँपालिकाले जनाएको छ ।