close

साकेलामा करार सेवामा कर्मचारी माग, नेपालगञ्जमा १५ वर्षपछि नालाको फोहर हटाइयो

साकेलामा करार सेवामा कर्मचारी माग, नेपालगञ्जमा १५ वर्षपछि नालाको फोहर हटाइयो

Trulli
ADVERTISEMENT

धानको वीउ माग संकलन गर्दै चापाकोट

स्याङजाको चापाकोट नगरपालिकाले धानको वीउ माग संकलन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै खाद्यान्न बालीको उन्नत वीउ मूल्य अनुदान कार्यक्रम सञ्चालन गर्नका लागि माग संकलन गर्न लागेको हो । 

सो कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा धानको वीउ वितण गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी तथा समूहले चैत्र २८ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाएको छ ।

साकेलामा करार सेवामा कर्मचारी माग

खोटाङको साकेला गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सूचना प्रविधि अधिकृतमा एक जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले श्यक कागजातसहित १००० रुपैयाँ दस्तुर तिरी बैशाख ५ गते भित्र आवेदन दिन सक्ने छन्। आवेदकहरुबीच लिखित तथा प्रयोगात्मक परीक्षाबाट योग्य व्यक्ति छनौट गरिने  गाउँपालिकाले जनाएको छ। 

नेपालगञ्जमा १५ वर्षपछि नालाको फोहर हटाइयो

बाँकेको  नेपालगञ्ज उपमहानगरमा १५ वर्षपछि उपमहानगरको मुख्य नालाको फोहर हटाएको छ । वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन उपमहानगरले नालाको फोहर हटाइएको हो । 

नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म ठूला नाला करिब डेढमिटर  र साना करिब ५० मिटर नालाको सरसफाइ भएको बताए । यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा भारतीय कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको उनको भनाइ छ । 

सुरक्षित नागरिक आवास कार्यक्रममा सूचीकृत हुन अनुरोध

मोरङको बेलबारी नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रममा सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ बमोजिम लाभग्राहीको सूचीमा सूचीकृत हुन अनुरोध गरेको हो। 

योग्यता पुगेका पालिकाका स्थानीयले आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र ९डम्पिङ साइट० निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ। तर समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका इञ्जिनीयर हिमालय सिंह ऐरले जानकारी दिए।

पाउरोटी उद्योगलाई अनुदान

रुकुमको सानीभेरी गाउँपालिकाले पाउरोटी उद्योगलाई अनुदान दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित उद्योगलाई अनुदान दिने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले पाउरोटी उद्योगलाई अनुदान वितरण गर्न लागेको हो । कार्यक्रमको लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनयिोजन गरेको जनाइएको छ । कार्यक्रममा सहभागी हुन चाहने पाउरोटी उद्योगले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। 

पञ्चपुरीमा करार सेवामा कर्मचारी माग

सुर्खेतको पञ्चपुरी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य समूहमा वैभ वा सहायकस्तर पदमा एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।