close

सार्वजनिक सुनुवाई कार्यक्रम गदै ललितपुर, टाइल लाइन मार्बल फिटिङ सम्बन्धि निःशुल्क तालिम

सार्वजनिक सुनुवाई कार्यक्रम गदै ललितपुर, टाइल लाइन मार्बल फिटिङ सम्बन्धि निःशुल्क तालिम

Trulli
ADVERTISEMENT

कुनैपनि राजनैतिक दलका कार्यक्रमहरु विद्यालयभित्र सञ्चालन नगर्न निर्देशन

काठमाडौं महानगरपालिकाले कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रमहरु विद्यालयभित्र सञ्चालन नगर्न निर्देशन दिएको छ । 

महानगरले बुधबार एक सुचना जारी गर्दै महानगरभित्र सञ्चालित केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनैतिक दल र यसका भातृ संगठनका कार्यक्रम सञ्चालन गरेको प्रमाणसहित उजुरी परेको जनाएको छ । महानगरको अनुगमनको क्रममा त्यस्ता कार्यक्रम सञ्चालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कारबाही हुने सो सुचनामार्फत चेतावनी दिइएको छ। 

सार्वजनिक सुनुवाई कार्यक्रम गदै ललितपुर

ललितपुर महानगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । महानगरले यहि वैशाख १५ गते जवलाखेल पार्कमा बिहान ११ बजेदेखि कार्यक्रम सञ्चालन गर्न लागेको हो।

ललितपुर महानगरपालिकाको विकास निर्माण, सम्पदा संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला तथा नगरबासीको जिज्ञाशा, गुनासा, प्रतिक्रिया तथा सुझावको लागि सार्वजनिक सुनुवाई गर्न लागिएको महानगरले जनाएको छ। कार्यक्रममा सहभागिता जनाई सल्लाह, सुझाव दिन नगरबासीलाई सुचनामार्फत महानगरले अनुरोध गरेको छ। 

टाइल लाइन मार्बल फिटिङ सम्बन्धि निःशुल्क तालिम

दाङको गढवा गाउँपालिका टाइल लाइन मार्फल फिटिङ सम्बन्धि निःशुल्क तालिम दिने भएको छ । गाउँपालिकाले बुधबार एक सूचना प्रकाशन गर्दै २० जना पालिकाबासिलाई निःशुल्क तालिम प्रदान गर्ने जानकारी दिएको छ । 

गाउँपालिकाको उद्यम विकास शाखाको चालु वर्षको वार्षिक स्विकृत कार्यक्रमअनुसार उक्त तालिम प्रदान गर्न लागिएको हो। तालिममा सहभागि हुन इच्छुक व्यक्तिले यहि वैशाख १७ गतेसम्म आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ । 

रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले बिहिबार सुचना जारी गर्दै ५० प्रतिशत अनुदानमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। 

सामुहिक प्रयोगका लागि मेशिनरि औजार तथा उपकरण, रैथाने बालीको कोशेली घर सञ्चालन र रैथाने वालीको परिकार बिक्री गर्ने रेष्टुरेन्टको सामान खरिदमा ५० प्रतिशत अनुदान दिने जनाइएको छ। कार्यक्रममा सहभागि हुन इच्छुक कृषि समुह, कृषि सहकारी संस्था, कोशेली घर सञ्चालन गर्न चाहने पसल तथा रैथाने परिकार बिक्री गर्न चाहने रेष्टुरेन्टलाई सात दिन भित्र आवश्यक कागजातसहित कृषि शाखामा निवेदन पेश गर्न सक्नेछन्। 

गण्डकी गाउँपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र एसइई सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि  गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ ।  

पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए। 

भिरकोटमा माटो परीक्षण ल्याब

स्याङ्जाको  भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको हो।

माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए।

उत्कृष्ट ६ कृषकलाई पुरस्कृत गर्दै जुगल सरकार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै दुध, मासु र अण्डा उत्पादन गर्ने ६ जना कृषकलाई सम्मान गर्न लागेको जनाएको छ। 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकलाई प्रोत्साहन दिनको लागि पुरस्कृत गर्न लागेको हो। इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र सम्बन्धित वडा कार्यालयको सिफारिससहित आवेदन दिन सक्नेछन् ।