close

वडा अध्यक्षको काम कर्तव्य र अधिकार 

वडा अध्यक्षको काम कर्तव्य र अधिकार 

Trulli
ADVERTISEMENT

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने ऐनमा उल्लेख गरेको छ । कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपध्यक्ष तथा उप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुको काम, कर्तव्य तथा अधिकार तोकेको छ ।
 

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत वडा अध्यक्षको काम कर्तव्य र अधिकार :
 

१. वडा समितिको अध्यक्ष भइ कार्य गर्ने ।
२.वडा समितिका सदस्यहरुको काममा समन्वय र सहजीकरण गर्ने ।
३.वडाको विकास योजना , बजेट तथा कार्यक्रम तयार गर्ने , गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेश गर्ने ।
४.वडाबाट कार्यन्वयन हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने गराउने , सोको अनुगमन तथा आवधिक समिक्षा गर्ने गराउने ।
५.सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने ।
६. सात दिनभन्दा बढि समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक , प्रशानिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाइ दिने ।
७. कार्यपालिका ,सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।