close

नर्भीकका भवन तत्काल नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

नर्भीकका भवन तत्काल नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले नर्भीक अस्पतालले सरकारी जग्गामा बनाएका अनधिकृत भवन तत्काल नभत्काउन अन्तरिम आदेश दिएको छ । 

बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले नर्भीकको भवन तत्काल नभत्काउन र सोमबार दुवै पक्षलाई अदालतमा उपस्थिति पनि हुन अन्तरिम आदेशमा उल्लेख छ । 

काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए ।

त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए ।