काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिकाले भू– उपयोग योजना निर्माणका लागि बैठक बोलाएको छ ।
नगरपालिकाले एक सूचना जारी गरी भूमि वर्गीकरणका लागि यही असोज १५ गतेका लागि कार्यपालिकाका सबै सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरुलाई छलफलमा बोलाएको हो ।
‘यस नगरपालिकाको भू उपयोग योजना निर्माण पूर्वतयारी चरणको छलफल कार्यक्रम तपशीलबमोजिम आयोजना गरिएको हुँदा उक्त कार्यmक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ ।
छलफल २०७९ असोज ५ गते नागर सभाको हलमा हुने जारी सूचनामा उल्लेख छ ।